१४ वटा महत्वपूर्ण निर्णय गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को पोखरा बैठक सम्पन्न
NAWALPUR TIMES प्रकाशित : २०७६ माघ ६ गते १३:१९
No ads found for this position
No ads found for this position
काठमाडौं । १४ वटा महत्वपूर्ण निर्णय गर्दै गैरआवासीय नेपाली संघ
(एनआरएनए) को पोखरा बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल भ्रमण वर्ष २०२०
लाई सफल बनाउन संघले सक्रियतापूर्वक विभिन्न कार्यक्रम सुरु गरिसकेको थियो ।
यसलाई घनिभूत बनाउन संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को
वार्षिक कार्यक्रमको रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी एक महिनाभित्र
सार्वजनिक गर्ने निर्णयदेखि अस्ट्रेलियामा लागेको डढेलोको कारण हुन गएको
जनधनको क्ष्तिप्रति गहिरो दुख व्यक्त गर्दै मृतकको आत्माले शान्ति पाओस्
भन्ने कामना गरिएको छ । साथै उद्दार कार्यमा सक्रिय सहभागिता जनाउने
राष्ट्रिय समनवय परिषद् अस्ट्रेलिलाई विशेष धन्यवादसमेत दिइएको थियो ।
जनवरी १८ र १९ मा एनआरएनएको पोखरामा बैठक बसेको थियो । एनआरएनए अध्यक्ष
कुमार पन्तको अध्यक्षतामा सम्पन्न उक्त बैठकले १४ वटा महत्वपूर्ण निर्णय
गरेको छ । बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, सदस्य,
संरक्षक तथा सल्लाहकारसहित ५८ जनाको सहभागिता थियो ।
बैठकपछि गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्ने सम्बनधमा प्रदेश सरकार र
एनआरएनएबीच अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतका प्रदेश सरकारका महत्वपूर्ण
निकायका प्रतिनिधिसँग संघका पदाधिकारीले छलफल गरेको थियो ।
Facebook Comment