शिक्षक अस्पतालको व्यवस्था

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ६ गते १३:४४
शिक्षक अस्पतालको व्यवस्था

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारिरहेको शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा विद्यालय कर्मचारीका लागि सहुलियतपूर्ण उपचारका लागि शिक्षक अस्पतालको स्थापना गर्ने व्वस्था गरिएको छ । नेपाल शिक्षक महासंघले लामो समय देखि शिक्षक अस्पतालको माग गर्दैै आएको थियो । मन्त्रालयले शिक्षा ऐनको मस्यौदामा शिक्षक महासंघको सो माग सम्बोधन गरेको हो । यस्तै, मस्यौदामा शिक्षक अस्पताल निर्माण नभएसम्मका लागि सातवटा प्रदेशमा रहेका सरकारी अस्पतालहरुमध्ये कुनै अस्पतालमा शिक्षक तथा विद्यालयलाई सहुलियत दरमा उपचार गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । हाल निजामति कर्मचारी, नेपाली सेना ,नेपाल प्रहरीका लागि छुट्टै अस्पतालको व्यवस्था छ ।

प्रकाशित : २०७६ माघ ६ गते १३:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI