सभामुखको निर्वाचन माघ १२ गते

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ६ गते १६:१७
सभामुखको निर्वाचन माघ १२ गते

काठमाडौ,माघ ६ गते । प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदको लागि माघ १२ गते निर्वाचन हुने भएको छ । सत्तारुढ दल नेकपा, प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका ठूला राजनीतिक दलहरुबीच माघ १२ गते निर्वाचन हुने सहमती भएको हो ।

दलहरुबीच सहमती भएसँगै संसद सचिवालयले कार्यतालिका बनाउन सुरु गरेको छ । अपराह्न ४ बजे बस्ने संसदको बैठकमा यसबारे औपचारिक जानकारी गराइनेछ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिइसकेकाले यो बैठकको अध्यक्ष ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने संसद सचिवालय स्रोतले बतायो ।

प्रकाशित : २०७६ माघ ६ गते १६:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI