प्रदेश नं ५ का काङ्ग्रेस संसदीय दलका नेता शर्माको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ६ गते १६:३०
प्रदेश नं ५ का काङ्ग्रेस संसदीय दलका नेता शर्माको निधन

प्रदेश नं पाँच नेपाली काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । ८३ वर्षीय शर्मा गत फागुनदेखि फोक्सोमा क्यान्सर देखिएपछि उपचाररत हुनुहुन्थ्यो । क्यान्सर रोगसंग संघर्षरत प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता शर्माको उपचारकै क्रममा सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा निधन भएको हो ।
२०७४ मंसिर २१ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको समानुपातिक तर्फबाट उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । प्रदेश सभामा सभामुख उपसभामुख निर्वाचन नहुँदासम्मकालागि प्रदेश सभा बैठक समेत जेष्ठताका आधारमा उहाँले नै सञ्चालन गर्नुभएको थियो ।
तिलोत्तमा नगरपालिका वडा नं. १४ खैरीया निवासी प्रदेश सभा सदस्य शर्मा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेपाली काँग्रेसको पूर्व रुपन्देही जिल्ला सचिव समेत रहनु भएको शर्मालाई नेपाली काँग्रेसले केन्द्रीय सल्लाहकार समेत बनाएको थियो । उहाँको हाल श्रीमती, ४ छोरा र २ छोरी हुनुहुन्छ ।

प्रकाशित : २०७६ माघ ६ गते १६:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI