म धर्म निरपेक्षताको पक्षमा छैन : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ६ गते १८:४४
म धर्म निरपेक्षताको पक्षमा छैन : महामन्त्री कोइराला

चोरमारा/ माघ ६

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू धर्म निरपेक्ष राष्ट्रको पक्षमा नभएको बताएका छन् । उनले धर्म निरपेक्ष नहुने तर स्वतन्त्र हुने बताए ।नेपाल हिन्दु बाहुल्य देश भएको भन्दै उनले धर्म निरपेक्ष राष्ट्र भन्नु उचित नभएको बताए ।
नवलपुरको चोरमारा स्थित नबजागरण बहुमुखी क्याम्पस ले आयोजना गरेको पितृमोक्ष महायज्ञको समापन समारोहमा बोल्दै उनले भने ,” धर्म मान्ने कुरा ब्यक्तिगत स्वतन्त्रताको कुरा हो , निरपेक्ष भनेर कित्ताकाट गरिराख्नु पर्दैन। ”


उनले मुलुकको समृद्धिका लागि उत्पादनमा जोड दिन आबश्यक रहेको बताए । उहाँले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिन रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गरेर उत्पादनमा जोड दिन पर्ने उनले बताए । उनले भने,” पानीजहाज र रेलको कुरा गरेर मात्र समृद्धि आउँदैन , त्यसले मुलुकलाई ॠणमा डुबाउँछ । ” ॠण मा डुब्ने गरि रेल र पानीजहाज आबश्यक नरहेको उनको भनाई थियो । उनले अहिलेको सरकारले पनि काम गर्न नसकेको आरोप लगाए । कोईरालाले भने,”सरकारले गफ मात्र दिएको छ , काम गरेको छैन ।” पौष २७ गते देखि शुरु भएको महायज्ञ आईतबार सकिएको हो । स्नातकोत्तर संचालन सहयोगार्थ आयोजित महायज्ञमा करिब ७ करोड संकलन भएको छ ।

प्रकाशित : २०७६ माघ ६ गते १८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI