एन सि सि १५ औँ ब्याज सिनियर डिभिजनको तेस्रो चरणको दिक्षान्त कवाज सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ६ गते १८:५७
एन सि सि १५ औँ ब्याज सिनियर डिभिजनको तेस्रो चरणको दिक्षान्त कवाज सम्पन्न

निशा भण्डारी/नवलपुर माघ ६
राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरमा १५औँ ब्याज सिनियर डिभिजनको तेस्रो चरणको दिक्षान्त कवाज कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सेवादल निमित्त कार्यकारी महानिर्देशक सहायक रथी कृष्णमुरारी न्याेैपाने प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै न्याैपानेले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाई राख्न र सुरक्षा चुनौतिहरुलाई सामना गर्नु युवाहरुको भुमिका महत्वपुर्ण रहने बताउनु भयो । एन सि सि तालिमबाट दिक्षित भएकाहरु ब्यक्तीत्व बिकाश गर्ने र जीवनमा आउने हरेक चुनाैतिहरुलाई सहज रूपमा सामना गर्नसक्ने बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा ३ जिल्लाका १० वटा कलेजका २४८ छात्र २६१ गरेर छात्रा गरेर ५ सय ९ जना क्याडेटहरुलाई दिक्षित गरिएको हो जस मध्ये उत्कृष्ट क्याडेट छात्र छात्रा,र उत्कृष्ट विद्यालयको तर्फबाट केहि क्याडेहरुलाई पुस्कार स्वरुप ट्रफी प्रदान गरेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की, जिल्ला प्रहरी कार्यलयका एस पि मोहन प्रसाद पोखरेल, विभिन्न विद्यालयका प्रध्यानाध्यापक,स्थानीय समाजसेवि, क्याडेटका विद्यार्थीहरुको उपस्थीति रहेको थियो । युवा लक्षित अनुशासित, मर्यादित, मुलुकप्रति बफादार बनाउदै बिपतको उच्च जोखिम राष्ट्रमा विपतीहरुको समयमा परिचालन हुन सक्ने दक्ष र अभिप्रेरित जनशक्ति उत्पादन गर्नु एन सि सि तालिमको उदेश्य रहेको राष्ट्रिय सेवा दल मध्ये तालिम शिक्षालय हात्तीखोर निमित्त शिक्षा अधिकृत सेनानी कृति देवानले बताउनु भयो ।
नेपालको हरेक जिल्लामा राष्ट्रिय सेवादलको तालिमहरु संचालन हुने गर्छ गत बर्षसम्म ४३ हजार ३ सय २९ जना क्याडेट छात्र छात्राहरुले एन सि सि तालिमबाट दिक्षित भईसकेका छन् ।

प्रकाशित : २०७६ माघ ६ गते १८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI