काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले जगतप्रकाश (जेपी) नड्डालाई नयाँ अध्यक्ष बनाएको छ । कार्यवाहक अध्यक्ष नड्डाले सोमबारदेखि पार्टी अध्यक्ष अमित शाहलाई विस्थापन गरेका हुन् । शाह गृहमन्त्री बनेपछि नड्डाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री शाह निकट नेता हुन । नड्डा ३१ वर्षमा भाजपाको युवा मोर्चाको अध्यक्ष बनेका थिए ।
को हुन नड्डा ?
सन् १९६० मा पटनामा जन्मेका उनले सम्पूर्ण क्रान्ति आन्दोलनमार्फत राजनीति प्रारम्भ गरेका थिए । उनी १७ वर्षमै पटना विश्वविद्यालयको छात्र संघको अध्यक्ष बनेका थिए । १९९३ मा उनी पहिलो पटक हिमाचल प्रदेशबाट विधायक निर्वाचित भएका थिए । त्यसपछि राज्य र केन्द्रीय मन्त्री बने । मृदुभाषी र सबैलाई समेट्न सक्ने स्वभावका नड्डा १९९४ देखि १९९८ सम्म विधानसभामा भाजपाका नेता थिए । १९९८ मा विधायक निर्वाचितपछि उनी स्वास्थ्य तथा संसदीय मामिला मन्त्री बनेका थिए । २००७ पछि उनी वन–पर्यावरण, विज्ञान तथा टेक्नोलोजी विभाग मन्त्री थिए । २०१२ मा राज्यसभामा निर्वाचित भएपछि उनी मोदी सरकारमा स्वास्थ्य मन्त्री बने ।
प्रकाशित : २०७६ माघ ६ गते १९:५५
No ads found for this position
Facebook Comment