बाघको फिल्ममा विद्या बालन

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ६ गते २१:३७
बाघको फिल्ममा विद्या बालन

विद्या बालन बलिउडकी भर्सटाइल अभिनेत्रीमध्ये एक मानिन्छिन् । विद्या आफ्नो अभिनय र चुनिएका विशेष भूमिकाबाट दर्शकलाई प्रभावित पार्छिन् । हालै उनले गणितज्ञ शकुन्तला देवीको बायोपिकको सुटिङ सकाएकी छन् । अहिले विद्याले एउटा ठूलो प्रोजेक्ट साइन गरेको खबर आएको छ । यो फिल्ममा उनी फरेस्ट अफिसरको भूमिकामा देखिने भएकी छन् ।

रिपोर्टअनुसार विद्याले ‘अवनी’ नामक बाघमाथि बन्न लागेको फिल्म साइन गरेकी हुन् । यो फिल्मका लागि निर्माता विक्रम मल्होत्रा लामो समयदेखि एक जुझारु अनुहार खोजिरहेका थिए । अन्ततः उनले विद्यालाई यो भूमिकाका लागि छानेका छन् । आगामी दुई महिनाभित्र फिल्मको सुटिङ सुरु हुनेछ ।

सर्वोच्च अदालतले २०१८ मा अवनी नामक बाघ मार्ने फैसला सुनाएको थियो । यो बाघले १४ जनाको ज्यान लिएको थियो । उसलाई मारेपछि धेरैले विभिन्न टिप्पणी गरेका थिए । केही अवनीलाई मार्नु हुँदैन भन्नेमा थिए भने केही यसको पक्षमा थिए । विद्याको फिल्म ‘शकुन्तला देवी’ ८ मेमा रिलिज हुँदैछ । यो फिल्म अनु मेननको लेखन तथा निर्देशनमा बनेको हो । एजेन्सी

प्रकाशित : २०७६ माघ ६ गते २१:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI