दामनमा दुई भारतीय परिवारका ८ जनाको मृत्यु (मृतकको नामावलीसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ७ गते १४:२५
दामनमा दुई भारतीय परिवारका ८ जनाको मृत्यु (मृतकको नामावलीसहित)

भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृत्यु भएको छ । दामनको एभरेस्ट पानोरामा रिसोर्टमा बास बसेका ८ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दामनको एभरेष्ट पानोरामा रिसोर्टमा राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । उनीहरु ४ परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले रातोपाटीलाई बताए । जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए । रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताए । त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए । बिहान ८ बजेसमम पनि उनीहरु नउठेपछि समूहकै अन्य सदस्यले ढोका ढकढक गर्दा पनि खोलिएन । त्यसपछि उनीहरुले ढोका फोडी हेर्दा उनीहरु अचेत अवस्थामा भेटिएको थियो । लगत्तै काठमाडौँबाट हेलिकप्टर मगाएर उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको थियो । अचेत अवस्थामा भेटिएका ८ जनाको मृत्यु भइसकेको ह्याम्स अस्पताल श्रोतले बताएको छ । होटलमा म्यानेजर केसीका अनुसार ग्याँस हिटर बाली कोठाको झ्याल र ढोका सबै बन्द गरिएकाले अक्सिजनको अभाव भई पर्यटकको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर ललन कुर्मीका अनुसार मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् । मृत्यु हुने भारतीय पर्यटकहरु निम्न रहेका छन् :

वर्ष ३८ रञ्जित कप

वर्ष ३४ इन्द्र

वर्ष ३७ प्रविन

वर्ष ३२ सरिया

वर्ष ५ अभी

वर्ष ७ अर्चना

वर्ष ५ वैष्णव

वर्ष ९ बन्द्रा 

प्रकाशित : २०७६ माघ ७ गते १४:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI