सुख्खा पहिरोको कारण नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ७ गते २२:३५
सुख्खा पहिरोको कारण नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोला (३ नम्बर पुल नजिकै) मा आज (मंगलबार) राती ९ः३० बजेको समयमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सडकमा करिव ४०÷५० मिटर पहिरो खसेकोले अबरुद्ध बाटो खुलाउन करिव ६ घण्टा लाग्ने जनाईएको छ ।
बाटो खुलाउन ३ वटा जेसिबी प्रयोग गरिएको छ । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित : २०७६ माघ ७ गते २२:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI