टेम्पल टाईगर गल्फ टुर्नामेन्ट 2020 हुदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ८ गते २१:२६
टेम्पल टाईगर गल्फ टुर्नामेन्ट 2020 हुदै

माघ ८ । नवलपुर जिल्लाको कावासोती १५ मा रहेको टेम्पल टाइगर ग्रुप अफ कम्पनीले गल्फ टुर्नामेन्ट २०२० को आयोजना गरेको छ ।

चौधरी ग्रुपसँगको सहकार्यमा आयोजना गरिएको टुर्नामेन्ट आगामी फेब्रुअरी १ तारिकको दिन हुने होटलका कार्यकारी अध्यक्ष वसन्तराज मिश्रले जानकारी दिनुभयो । भ्रमण वर्ष सन् २०२० मा खर्चालु पर्यटक भित्राउन टुर्नामेन्ट आयोजना गरेको टेम्पल टाइगर रिसोर्टमा आज आयोजित पत्रकार सम्मेलनमा मिश्रले साधरण पर्यटकले भन्दा २० प्रतिशत वढि खर्च गर्ने गल्फरहरुलाई नवलपुर चितवनमा भित्राउन यो खेलले ठूलो सहयोग पुग्ने बताउनुभयो ।

गल्फका क्याप्टेन एवम् पूर्व पाइलट सुधीर राइले विश्वभर वार्षिक २ अर्व अमेरिकी डलर गल्फ खेल्न आउने पर्यटकहरुले खर्च गर्ने र सो मध्ये केही केही प्रतिशत नवलपुरको दुम्कौलीमा अवस्थि सीजी रिट्रिमा रहेको गल्फ कोर्समा ल्याउन सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ । यसका लागि पहिला स्थानीयवासीलाई थाहा हुनुपर्ने र यसवारे चासो बढे सो कुरा सम्भव हुने बताउनुभयो ।
टुर्नामेन्टमा ३७ जनाले नाम टिपाएको र त्यसमध्ये ३३ जनाले खेल्ने निश्चित भइसकेको गल्फका क्याप्टेन एवम् पूर्व पाइलट सुधीर राईले जानकारी दिनुभयो । एक जनाले मात्रै पनि गल्फ खेल्न सकिने भएकाले अहिले निशुल्क खेलाइएको पनि क्याप्टेन राइको भनाई छ । खर्च गर्न सक्ने पर्यटक आउने भएकाले संख्यात्मक भन्दा पनि खर्च धेरै गर्न सक्ने पर्यटक भित्राउन सुझाव दिनुभयो ।कार्यक्रममा शारिका चौधरी, शोफि उपाध्याय, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट लगायत चितवन नवलपुरका २० बढि पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रकाशित : २०७६ माघ ८ गते २१:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI