No ads found for this position

प्रदेश सांसद दिपक मनाङे पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ९ गते १६:४०
No ads found for this position
प्रदेश सांसद दिपक मनाङे पक्राउ
No ads found for this position

पोखरा
अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ परेका छन् । उनी बिहीबार पाेखराकाे लेकसाइडस्थित हाेटल प्याराडाइज इनबाट पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला अदालत कास्कीमा उजुरी दर्ता गराएका थिए ।  मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ । मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर नहुने र झापडमै हान्नुपर्ने बताएका थिए ।

प्रकाशित : २०७६ माघ ९ गते १६:४०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI