वातावरण संरक्षणका लागि ईको क्लब गठन अभियान शुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ९ गते १६:५०
वातावरण संरक्षणका लागि ईको क्लब गठन अभियान शुरु

कावासोति-वातावरणमैत्री बिद्यालय तथा नगर निर्माणका लागि कावासोती नगरपालिकाका सामुदायिक बिद्यालयहरुमा वातावरण संरक्षण शिक्षा तथा ईको क्लब गठन कार्यक्रम शुरु गरियको छ । हरियाली संस्थाको आयोजना, वातावरण जनजागरण बिकास मञ्चको सह आयोजना तथा कावासोती नगरपालिकाको सहयोगमा यो अभियान सुरु गरियको हो । पहिलो चरण अन्तर्गत कावासोती नगर भित्रका सामुदायिक बिद्यालयहरुमा यो अभियान संचालन गर्ने र त्यस पश्चात् अन्य बिद्यालयमा पनि यस अभियान सुरु हुने हरियाली संस्थाका अध्यक्ष एल. एन दवाडीले बताउनुभयो ।


साना बालबालिकाहरु लाई वातावरण प्रति सकरात्मक बनाउने, उनिहरु लाई संरक्षण प्रेमी बनाई वातावरण संरक्षण गतिविधिहरु बिद्यालयमा संचालन गरिने यसका अभियान्ता सुधन लम्सालले जानकारी दिनुभयो ।
आज जनकल्याण मा.बि रिठ्ठेपानि, चण्डेश्वरी मा.बि अमलटारी र त्रिभुवन बाल मा.बि कावासोती १७ मा ईको क्लब गठन गरियको वातावरण जनजागरण बिकास मञ्चका सचिब सन्देश घिमिरेले जनाउनु भयो । बिद्यालय स्तरमा भयका ईको क्लबहरुको भेला गरि थप अभिमुखिकरण कार्यक्रम संचालन गर्ने अभियान्ता अन्जु रिजालले बताउनु भयो ।

प्रकाशित : २०७६ माघ ९ गते १६:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI