No ads found for this position

मृगौला पिडित निमकला भट्टराईको उपचारका लागि १ लाख ८ हजार सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १० गते ११:४४
No ads found for this position
मृगौला पिडित निमकला भट्टराईको उपचारका लागि १ लाख ८ हजार सहयोग
No ads found for this position

बिष्णु गौडेल , कावसोती,
दुवै मृगौला ले काम गर्न छाडे पछि उपचाररत नवलपुर जिल्लाको कावासोती नगरपालिका ६ विष्णुनगरकी निमकला भट्टराइलाइ सहयोग रकम जुटने क्रम जारी छ । विगत ५ वर्ष देखि मृगौलाको उचार गराउदै आएकी निमकलाको उपचारका लागि साउदि अरयवमा कार्यरत नेपालिहरुले १ लाख हजार ८ हजार ९ सय ६५ रुपैया नगद संकलन गरि परिवारलाइ हस्तान्तरण गरेका छन् ।

साउदि अरवको अलसा अटोमेटिक वेकरी कम्पनीमा कार्यरत नेपालिहरुले संकलन गरेको रकम आज कावासोती नगरपालिका १ निवासी रञ्जन वस्नेतले निकमला भट्टराइलाइ हस्तान्तरण गर्नु भएको हो । मृगौला पिडित निमकलाको वारेमा समाचार पढेपछि आफु कार्यरत कम्पनीका पुर्ण वाग्ले ,सन्तोष थापा, पिताम्वर सापकोटा, हरि तामाङ लगाएतको पहलमा १ लाख ८ हजार ९ सय ६५ रुपया रकम संकलन गर्न सफल भएको रञ्जन वस्नेतले वताउनु भयो ।

सहयोग रकम ग्रहण गर्दै मृगौला पिडित निमकलाले सहयोगि दाता सम्पुर्णमा धन्यवाद दिदै अझै रकम अभाव रहेकाले सक्दो सहयोग गर्न पुनः अपिल गर्नु भयो । विगत ५ वर्ष देखि दुवै मृगौलाले काम गर्न छाडे पछि डाइलाइसिस गरि उपचार हुदै आएकोमा अव मृगौला प्रत्यारोपणका लागि थप ५० लाख भन्दा वढि रकम चाहिने हुदा आर्थिक समस्या भएको वुवा टिकाराम भट्टराइले वताउनु भयो । निमकलाको उपचारका लागि स्वदेश तथा विदेश वाट सहयोग रकम जुटाउने क्रम जारी रहेको छ । निमकला भट्टराई को उपचारका लागि सहयोग गर्न चाहाने मानुभावले सामुदायिक रेडियो मध्यविन्दु एफएम मा समेत सम्पर्क गर्न सक्नु हुने छ ।

प्रकाशित : २०७६ माघ १० गते ११:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI