एक्स्पर्टको भरतपुरमा भव्य सेमिनार, पाँच सय बढीले गरे अवलोकन

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १० गते १७:००
एक्स्पर्टको भरतपुरमा भव्य सेमिनार, पाँच सय बढीले गरे अवलोकन

चितवन,–

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनको आयोजनामा आज (बिहीबार) भव्य रुपमा ‘ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार’ सम्पन्न भएको छ । सेमिनारमा ५०० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् ।

भरतपुर गार्डेन रिसोर्टमा भएको सो सेमिनारमा चितवनका विभिन्न क्याम्पस तथा उच्च माविका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनले उत्साहजनक सहभागिताले सेमिनार सफल भएको बताए । सो सेमिनारमा अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजबाट आएका प्रतिनिधिसँग प्रत्यक्षरुपमा विद्यार्थीलाई अन्तरक्रिया गर्ने व्यवस्था मिलाइएको थियो । सेमिनारमा अस्ट्रेलियाको शैक्षिक प्रणाली, त्यहाँको जनजीवनलगायत अन्य धेरै कुराहरुको बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीको लागि भनेर एक्सपर्टले बर्सेनी तीन पटक यस्तो सेमिनारको आयोजना गर्दै आइरहेको छ ।

अस्ट्रेलियामा मुख्य कार्यालय रहेको एक्सपर्टको विभिन्न देशमा गरी ४५ भन्दा बढी शाखाहरु रहेका छन् । विद्यार्थीहरुलाई आफ्नै ठाउँमा बसेर अस्ट्रेलियाको शिक्षाबारे प्रत्यक्ष रुपमा जानकारी दिने उद्देश्यले सेमिनार गरिएको प्रवन्ध निर्देशक अधिकारीले बताए ।

प्रकाशित : २०७६ माघ १० गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI