मध्यवर्ती बहुमुखी क्याम्पस गोछडामा भोलि देखि धनधाञ्चल सुरु हुदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १० गते १७:१८
मध्यवर्ती बहुमुखी क्याम्पस गोछडामा भोलि देखि धनधाञ्चल सुरु हुदै

बिष्णु गौडेल , कावासोती
मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा भोलि देखि सुरु हुन लागेको धनधान्याञ्चलको तयारी पुरा भएको छ । गुणस्तरीय
प्राविधिक शिक्षणलाई प्रभावकारी वनाउनका लागि अयोजित धन धान्याञ्चल ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुरा भएको यज्ञ मुल समारोह समितीले जनाएको छ । भोलि माघ ११ गते देखि सुरु हुने धनधान्याञ्चल माघ १९ गते सम्म सञ्चालन हुने छ । धनधान्याञ्चल सम्पन्न गर्नका लागि आवश्यक सम्पुर्ण यज्ञ स्थल, हवन कुण्ड, पण्डाल सहितका कार्यहरु सम्पन्न भएको यज्ञ मुल सम्पादन समितीका संयोजक पुष्परत्न महत्तोले जानकारी दिनु भयो ।

सरस्वती मावि गोछडाको प्राङगढमा हुने धनधान्याञ्चलको उद्घाटन भोलि विशाल कलश यात्रा सहित गरिने भएको छ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकाश मन्त्री रामशरण वस्नते को प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सञ्चालन हुने क्यापस व्यवस्थापन समितीका अध्यक्ष डासिराज वस्यालले जानकारी दिनु भयो । शनिवार विहान १० वजे स्थानिय जनजातिहरुको मौलिक भेषभुशा सहित निश्कने कलश यात्राले कावासोती १७ गोछडा क्षेत्रलाइ परिक्रमा गर्ने भएको छ ।


सरस्वती माध्यमिक विधालयको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने लक्ष राखेर धनधान्याञ्चल आयोजना गरिएको हो । धनधान्याञ्चल सुरु हुन पुर्व नै दान रकम संकलन हुन थालि सकेको आर्थिक समितीका संयोजक रामकृष्ण ढुंगानाले जानकारी दिनु भयो । मध्यवर्ति वहुमुखि क्याम्पसका लागि संघीय सांसद तिलक महतले २० लाख, प्रदेश सांसद विष्णु लामिछानेले ४ लाख, अमलटारी मध्यवर्ती उपभोक्ता समितिले १० लाख, गुन्द्रही ढकाहा सामुदायिक वनले ८ लाख ८० हजार, भूपति भट्टराईले १ लाख १ हजार सहयोग गर्ने घोषणा गर्नुृ भएको छ । धनधान्याञ्चलमा अहिले सम्म ८० लाख भन्दा वढि रकम उठिसकको यज्ञ सम्पादन समितीले जनाएको छ ।
धनधान्याञ्चलमा प्रखर भागवत वाचक एवं विद्धान पण्डित नेत्र प्रसाद पराजुलीको मुखारविन्दवाट प्रवचन हुने भएको छ ।

प्रकाशित : २०७६ माघ १० गते १७:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI