No ads found for this position

विवादमा नारायणीको कोटीहोमः उद्घाटन गर्न आएका उपराष्ट्रपति उद्घाटन नगर्दै फर्किदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ११ गते १३:१०
No ads found for this position
विवादमा नारायणीको कोटीहोमः उद्घाटन गर्न आएका उपराष्ट्रपति उद्घाटन नगर्दै फर्किदै
No ads found for this position

चितवन, माघ ११–

विवादित बनेको नारायणगढस्थित नारायणी किनारमा संचालन हुन लागेको कोटी होमको उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन नगरी फर्किन लागेका छन् ।

ठगीमा संलग्न स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्राधारी विजय भण्डारीको नेतृत्वमा आजदेखि कोटीहोम महायज्ञ हुन लागेको थियो । यस विषयमा कान्तिपुर दैैनिकमा समाचार प्रकाशित भएपछि उद्घाटन गर्न आएका उपराष्ट्रपति उद्घाटन नगर्दै फर्किन लागेका हुन् । उनी कोटीहोमकै लागि चितवन आएका थिए ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले कार्यक्रम विवादित बनेपछि उपराष्ट्रपति काठमाडौंमा फर्किन लागेको जानकारी दिए ।
आजदेखि नारायणी नदी किनारमा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ को उपराष्ट्रपति पुनले उदघाटन गर्ने कार्यक्रम थियो।

नारायणी अनलाइन बाट

प्रकाशित : २०७६ माघ ११ गते १३:१०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI