हुप्सेकोट दुर्घटना :आरोपित सुवेदीको खोजी कार्य जारी ।

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १२ गते १४:०३
हुप्सेकोट दुर्घटना :आरोपित सुवेदीको खोजी कार्य जारी  ।

हुप्सेकोट गाउँपालिकाका अधिकृत शिव प्रसाद सुवेदीलाई जिल्ला प्रहरी कार्यालय ब.सु.पुर्ब नवलपरासीले खोजी कार्य जारी राखेको छ । सुबेदीले हुप्सेकोट गाउँपालिकाको गाडी सिक्ने क्रममा गत मङ्गलबार हुप्सेकोट गाउँपालिका वडा नम्बर ०४ स्थित एक घरको आगनमा बसेका ५ जनालाई ठक्कर दिदा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाईते भएका थिय ।

गाउँपालिका उप प्रमुखलाई घर छाडेर आउने क्रममा ग १ झ ३८९ नम्बरको सरकारी जिपको ठक्करले ०५ बर्सिय दिप गाहा मगरको मृत्यु भएको हो । घाईतेहरुको भरतपुरमा उपचार भईरहेको बताईएको छ । स्थानिय प्रत्यक्षदर्शिले घटना हुने क्रममा गाउँपालिकाको जिप अधिकृत शिव प्रसाद सुबेदिले चलाएको बताएका थिय । सुबेदिलाई मृतक गाहाको परिवारको किटानी जाहेरी अनुसार प्रहरिले खोजी कार्य तिब्र गराएको प्रहरि कार्यालयले जनाएको छ ।

दोषीलाई कडा कारबाही हुनुपर्ने,पीडितलाई क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने,गाउँपालिकाले नभई पिडकले ब्यक्तिगत रुपमा क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै गत मङ्गलबार राती र बुधबार दिउँसो स्थानियले गाउँपालिकाको कार्यालयमा तालाबन्दि गरि नाराबाजी गरेका थिय । लापरबाहिका कारण दुर्घटना भएको भन्दै स्थानिय आन्दोलित भएका हुन । नाराबाजी सहितको आन्दोलनलाई गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले सम्बोधन गरेकि थिइन । गाउँपालिकामा लगाईएको ताला अझै खुलेको छैन भने गत बुधबार देखि गाउँपालिकाको काम कारबाही ठप्प रहेको छ ।

प्रकाशित : २०७६ माघ १२ गते १४:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI