No ads found for this position

फागुन ५ देखि राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १२ गते १८:०७
No ads found for this position
फागुन ५ देखि राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने
No ads found for this position

नवलपुर, माघ १२ 

नवलपुरको मधयविन्दु नगरपालिकामा २ मा फागुन ५ गतेबाट राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । 

नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा नवलपुरको मध्यविन्दु २ को राईनो कप खेलमैदानमा प्रतियोगिता हुने (आइतवार) समितिले पत्रकार सम्मेलन गर्दै  जानकारी गराएको हो। पत्रकार सम्मेलनका क्रममा बोल्दै समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले विश्वकै दुर्लभ एक सिंगे गैडा संरक्षण गर्ने उद्देश्यले विगत १६ बर्षदेखि प्रतियोगिता सञ्चालन गदै आएको जानकारी गराउनु भयो। 


नेपाल सरकारको बन तथा भू-संरक्षण मन्त्रालय अन्र्तगतको बन्यजन्तु संरक्षण बिभाग, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिति चितवन, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, अन्य सहयोगी संघ संस्थाहरु मध्यबिन्दु नगरपालिका लगायत स्थानीय संघ संस्थाहरुले सहयोग प्रदान गरेको जानकारी गराईएको थियो। 

खेलकुदको माध्यमबाट युवाहरुमा बन्यजन्तु एंवम वातावरण संरक्षण चेतनाको बिकास र बिस्तार गर्ने, प्रतिभान राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको छ।

प्रतियोगीतामा बिभागीय टिम आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायत अन्य १० टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ। 

प्रतियोगितामा प्रथमलाई १० लाख, द्वितीय हुनेले ५ लाख पुरस्कार पाउने छन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु १० हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई रु २० हजार र सर्वाधीक गोलकर्ताले रु २० हजार नगद सहित प्रमाणपत्र र शिल्ड पाउने छन्।  प्रतियोगितामा १ करोड १० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ।

प्रकाशित : २०७६ माघ १२ गते १८:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI