सत्तारुढ दल नेकपाका संसाद अग्नि प्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको छ। आइतबार भएको निर्वाचनमा कसैको उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध निर्वाचित हुनु भएको हो।
आइतबारको बैठकमा नेकपा संसदीय दलका उपनेता सुभास चन्द्र सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव पेश गर्नु भएको थियो।
नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गर्नु भएको थियो।
सापकोटालाई अब सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ गराउनुहुने छ । तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त थियो।
प्रकाशित : २०७६ माघ १२ गते १८:२३
No ads found for this position
Facebook Comment