दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १२ गते १८:३१
दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

कुटपीटको आरोपमा पक्राउ परेका सांसद दीपक मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार रुपैयाँ धरौटीमा छाडेको छ ।

जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको भोलिपल्ट पक्राउ परेका उनीमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो।

जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रकाशित : २०७६ माघ १२ गते १८:३१
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI