No ads found for this position

भोलीदेखि सिद्धेश्वर राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत सप्ताह हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १२ गते १८:४६
No ads found for this position
भोलीदेखि सिद्धेश्वर राधाकृष्ण मन्दिरमा  श्रीमद्भागवत सप्ताह हुने
No ads found for this position

कावासोतिको सिद्धेश्वर राधाकृष्ण पाञ्चायन मन्दिर युगलाश्रममा श्रीमद्भागवत सप्ताह तथा १०८ सिद्ध शिवलिङ्ग प्राण प्रतिष्ठा हुने भएको छ। माघ १३ गतेदेखि सप्ताह सुरु हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो। सप्ताह समुद्घाटनका लागी मुक्तिनाथ धामका पीठाधिश्वर अनन्त श्री विभुषित १००८ स्वामी श्री कमलनयनाचार्य महाराजको करकमलबाट हुने आयोजकले जनाएको छ।

सोमबार विहान साढे १० बजे मन्दिर परिसरबाट कलश यात्रा सुरुहुने मुल समारोह समितिका संयोजक चन्द्रकान्त लम्सालले बताउनु भयो। प्रमुख वाचकका रुपमा आबाल ब्रह्मचारी सुर्यपाकी स्वामी श्री केशवाचार्य जी महाराजले र  पण्डित एकनारायण चापागाईले उपवाचन गर्नु हुनेछ।

मन्दिरलाई “युगलाश्रम धाम” का रुपमा विकास गदै धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्य लिई कार्यक्रमको आयोजना गरेको मन्दिरका अध्यक्ष भीमलाल काफ्लेले बताउनु भयो।

प्रत्येक दिन विहान ५ बजे देखी ६ बजे सम्म शुभप्रभातम्, साढे ६ बजेबाट  स्वस्तीवाचन एवं देव पुजा गर्ने, ७ बजेदेखि श्रीमद्भागवत पाठ पारायण तथा प्राण-प्रतिष्ठा महोत्सव हुने छ। १२ बजे विश्राम र साढे १२ बजेबाट १ बजे सम्म विशिष्ट विद्धानहरुबाट प्रवचन हुने छ।त्यस्तै १ बजेबाट ४ बजे सम्म संगीतमय भागवत कथा प्रवचन, ४ बजेबाट आरती फलफुलप्रसाद वितरण हुने र साँझ ७ बजे देखी ९ बजे सम्म  भजन किर्तन हुनेछ।

प्रकाशित : २०७६ माघ १२ गते १८:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI