गण्डकी विकास बैङक द्वारा शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण
NAWALPUR TIMES प्रकाशित : २०७६ माघ १२ गते २२:००
No ads found for this position
No ads found for this position
कावासोती-गण्डकी विकास बैंक कावासोती शाखाले आफ्नो ११ औ वार्षिकोत्सबको अवसरमा शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरेको छ । कावासोती १३ मा रहेको कालिका प्राविमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको हो । बैंकका संचालक पदमप्रसाद पौडेलको अध्यक्षता एवं कावासोती १३ का वडा अध्यक्ष विनोद रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम १२५ थान स्विटर झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा शान्ति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चेतनारायण चौधरी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुन्जबहादुर राई, विद्यालयकी प्रधानाध्यापक राधा बस्ताकोटी , प्रमुख अतिथि कावासोती-१३ का वडा अध्यक्ष विनोद राना मगरले शुभकामना मन्त्व्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयको तर्फ बाट बैंकलाई कदर पत्र प्रदान गरिएको थियो ।
कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थ कंडेल शान्ति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चेतनारायण चौधरी लगाएत स्थानीय अभिभावकहरु उल्लेख्य उपस्तिथि रहेको कार्यक्रममा बैंकका संचालक एवं कार्यक्रमका सभापति पदमप्रसाद पौडेलले विद्यालयको क्षेत्र बिस्तारको लागि पहल र आवश्यक सहयोग गर्ने घोषणा गरेका थिए । विद्यालयलमा यस अघि पनि बैंकका सन्चालक पौडेलको व्यक्तिगत पहलमा वातावरण अनुकुल भवन निर्माण गरि हस्तान्तरण गरिएको थियो
Facebook Comment