गायिका आस्थाद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १३ गते १०:१०
गायिका आस्थाद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठल दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको जानकारी दिए । ‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै वहाँ बिहान साढे ७ बजे कार्यालयमा उपस्थित हुनुभएको हो,’ बोगटीले भने, ‘अब आवश्यक कानुनी प्रक्रिया अघि बढ्नेछ ।’ माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन्  । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् । 

प्रकाशित : २०७६ माघ १३ गते १०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI