मौसम बदली शुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १३ गते ११:१७
मौसम बदली शुरु

भारतको उत्तरपूर्वी भू–भागमा विकसित मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ।

अहिले देशका पूर्वी र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य र पूर्वका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो। महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज रातीदेखि देशभर बदली भइ पश्चिमी भु-भागका केही ठाँउमा हल्का वर्षा उच्च पहाडी तथा हिमाली भु-भागमा हिमपातको संभावना रहेको जनाएको छ।

भोली र पर्सी पनि पश्चिमी भु-भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षा तथा मध्यम हिमपातको संभावना रहेको छ।

प्रकाशित : २०७६ माघ १३ गते ११:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI