सरकार जवाफदेही छैन, प्रतिपक्ष जिम्मेवार छैन : गगन थापा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १३ गते १३:३७
सरकार जवाफदेही छैन, प्रतिपक्ष जिम्मेवार छैन : गगन थापा

सन्जय भट्टराई/नवलपुर,१३ माघ
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकार जवाफदेहि नभएको र प्रतिपक्ष जिम्मेवार नभएको बताएका छ्न । पुर्वी नवलपरासीमा देवचुली जेसिस को पदहस्तान्तरण कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै थापाले सरकार र प्रतिपक्षको कारणले नागरिक बलियो हुन नसक्दा लोकतन्त्र स्वस्थ हुन नसकेको बताए । स्थिर सरकार आउदा नागरिकमा जुन खालको अपेक्षा थियो नागरिक त्यो अपेक्षा वर्तमान सरकारले पूरा गर्न नसकेको थापाको आरोप थियो । फरक प्रसंगमा बोल्दै थापाले विधी द्वारा शासन होइन विधीको शासन हुनु पर्ने कुरामा जोड दिएका छ्न । देशमा राजाको शासन, बहुदलीय प्रजातन्त्र , माओवादी विद्रोह लगाएतका सबै कुरा देखियो तर प्रजातान्त्रिक मुल्यमान्यता भन्दा बाहिरको शासन व्यवस्थाको विकल्प नरहेको थापाले बताए । नेपालमा अहिलेको सरकार विधीको शासन छोडेर विधि द्वारा शासन गर्ने तर्फ अग्रसर भएको थापाको आरोप थियो ।
वर्ष २०२० का लागि हरिप्रसाद पोख्रेलको अध्यक्षतामा गठित देवचुली जेसिजको नयाँ कार्यसमितिले आज बाट पदभार ग्रहण गरेको हो । कार्यक्रममा काङ्ग्रेस नेता महेन्द्रध्वज जिसि , देवचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठ लगाएतका नेतृत्वको उपस्थितिमा देवचुली जेसिज को पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : २०७६ माघ १३ गते १३:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI