रणभूमि बन्यो काँग्रेस पार्टी कार्यलय, कार्यकर्ताबीच नै भिडन्त, नेताहरुको गाडीमाथि पनि ढुंगामुढा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १३ गते २०:१७
रणभूमि बन्यो काँग्रेस पार्टी कार्यलय, कार्यकर्ताबीच नै भिडन्त, नेताहरुको गाडीमाथि पनि ढुंगामुढा
  • काठमाडौँ । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आफसमै भिडेका छन् । सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको हो । 

सोमबार दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा अपरान्ह केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो । काँग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका छन् ।

झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् । यस्तै झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरुको गाडी समेत तोडफोड भएको छ।  

प्रकाशित : २०७६ माघ १३ गते २०:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI