दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु!

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १५ गते १५:३९
दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु!

धनुषाको गोदारमा मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुने धनुषाको गणेशमान चारनाथ नगरपालिका शिवनगर–पर्साही, ७ बस्ने वर्ष ५० का जोगिन्दर साह र ४० वर्षीया प्रमिला साह रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदारमा उक्त दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ च १८५८ नम्बरको बोलेरो पिकअपले विपरित दिशाबाट आइरहेको बा ६४ प ३०४७ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करले सडकबाट करीब पाँच मिटर पर उछिटिएका दुबैजनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कार्कीले जानकारी दिनुभयो।

प्रकाशित : २०७६ माघ १५ गते १५:३९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI