आफ्नो जन्मदिन मनाउने आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क केवलकार सेवा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १६ गते ११:४४
आफ्नो जन्मदिन मनाउने आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क केवलकार सेवा

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारले आफ्नो जन्मदिन मनाउने आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क केवलकार सेवा प्रदान गर्ने जनाएको छ ।

यो योजना अर्न्तगत सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने छ

हिल्सले वुधवार एक बिज्ञप्ति प्रकसित गर्दै चन्द्रागिरि भ्रमण गर्ने पर्यटकहरुका लागि जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको बताएको छ । यो योजना अन्तरगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने छ ।

“हामीले आजबाट आफ्नो जन्मदिन परेका महानुभाबहरुलाई निःशुल्क सेवा प्रदान गर्दै छौं”कम्पनीका मन्जित शर्माले भने “तर जन्मदिनको आधिकारीकता झल्कने कागजात चाहिं अनिबार्य हुनुपर्ने छ।”

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतक पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

प्रकाशित : २०७६ माघ १६ गते ११:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI