३५ वर्षसम्म नक्कली प्रमाणपत्र पेस गरेर बने स्थायी शिक्षक

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १६ गते १२:०६
३५ वर्षसम्म नक्कली प्रमाणपत्र पेस गरेर बने स्थायी शिक्षक

नक्कली प्रमाणपत्र पेस गरेर ३५ बर्ष सम्म पढाएका एक शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको छ।

बाँके पदमपुर ७ कम्दीस्थित शहिद स्मारक माध्यमिक विद्यालयमा, प्राथमिक तहमा स्थायी भएका प्रा.वि. द्वितीय श्रेणीका शिक्षक उदयराज यादव विरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

अख्तियारद्वारा अनुसन्धान गर्दा उनको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन यू.पी. भारतको हाईस्कुल उत्तीर्ण प्रमाणपत्र पेस गरेकोमा उक्त, प्रमाणपत्र नै झुठ्ठा रहेको पत्ता लागेको छ।
नक्कली प्रमाणपत्र पेश गरी यादवले २०४१ कात्तिक २६ गते शिक्षकको रुपमा सेवा प्रवेश गरी गत पुस २९ सम्म कार्यरत रहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नक्कली प्रमाणपत्र पेश गरी सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गर्नु भ्रष्टाचार हुने भन्दै भष्ट्राचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर रहेको हुँदा अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

प्रकाशित : २०७६ माघ १६ गते १२:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI