No ads found for this position

बोराको थुप्रोले च्यापिँदा एकै परिवारका चारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १६ गते १३:२९
No ads found for this position
बोराको थुप्रोले च्यापिँदा एकै परिवारका चारको मृत्यु
No ads found for this position

१६ माघ, रुपन्देही।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एकै परिवारका चारजनाको बोराको थुप्रोले च्यापिएर मृत्यु भएको छ।

नगरपालिकाको वडा नं ६ गल्लामण्डी पिपरहियामा बोरा संकलन गरेर गुजारा गर्दै आएका भारत बिहारका एकै परिवारका चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३० वर्षीय हुसेन सहजाद, उनकी श्रीमती सद्धाब खातुन, ६ वर्षीय छोरा सुल्दान सहजाद, र २ वर्षीया छोरी सहिना खातुन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्सपेक्टर केशव ज्ञवालीले संसारन्युजलाई जानकारी दिएका छन्।

ज्ञवालीका अनुसार उनीहरुको बुधबार बेलुका मृत्यु भएको हो। बिहिबार बिहान नउठेपछि उनीहरुका आफन्तले सोधखोज गर्दा सटरभित्र मृत भेटिएको हुन्। ‘बोरा संकलन गर्ने र त्यहि बोराको खाट बनाएर सुत्ने गरेका रहेछन,’ ज्ञवालीले भने, ‘बोराले च्यापिएका उनीहरु त्यहि मृत फेला परेका थिए ।’

प्रकाशित : २०७६ माघ १६ गते १३:२९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI