No ads found for this position

साउना बाथमा बस्दा निसासिएर,गर्वुजा दम्पत्तीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १६ गते १३:४१
No ads found for this position
साउना बाथमा बस्दा निसासिएर,गर्वुजा दम्पत्तीको  मृत्यु
No ads found for this position

साउना बाथमा बस्दा निसासिएर एक दम्पत्तिको मृत्यु भएको छ।

ललितपुरको तिखेदेवलस्थित फिट एण्ड फिटनेश क्लबमा साउना बाथका लागि गएका एक दम्पत्तीको मंगलबार निसासिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा ३९ र ४१ वर्षीय हस्त बहादुर गर्वुजा र नेत्रकुमारी गर्वुजा रहेको महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईले संसारन्युजलाई जानकारी दिएका छन्।

राईका अनुसार बुधबार बेलुका साढे ६ बजेतिर उनीहरु साउनाका लागि गएका थिए। साउनाबाट बाहिर आउने समयसम्म पनि उनीहरु नआएपछि भित्र हेर्दा बेहोस् अवस्थामा भेटिएका थिए। बेहोस भएका उनीहरुलाई प्रहरीले तत्कालै पाटन अस्पताल लगेपनि बेलुका ७ बजेतिर उनीहरुलाई मृत घोषणा गरिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममासाउनाभित्र अक्सिजनको कमिका कारण उनीहरुको मृत्यु भएको पनि राईले बताएका छन्।

गर्वुजा दम्पत्ती पूर्वमन्त्री थममाया थापाका पीए रहेको बताइएको छ।

प्रकाशित : २०७६ माघ १६ गते १३:४१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI