विवादमा भारतीय सुपरस्टार रजनीकान्त, पक्राउ गर्न माग

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १६ गते १७:२७
विवादमा भारतीय सुपरस्टार रजनीकान्त, पक्राउ गर्न माग

एजेन्सी । भारतीय सुपरस्टार रजनीकान्त डिस्कभरि च्यानलको चर्चित शो ‘म्यान भर्सेस वाइल्ड’ को सुटिङ्गका कारण चर्चामा आएका छन्।बियर ग्रिल्सले सञ्चालन गर्ने यो कार्यक्रममा पछिल्लो समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए। यो शोमा सुपरस्टार रजनीकान्त पनि देखिँदै थिए। रजनीकान्तले यो एपिसोडको सुटिङ्ग कर्नाटकको बन्दीपुर नेशनल पार्कमा भएको थियो। यो कुरा केही अभियन्ताका लागि मन परिरहेको थिएन। उनीहरुले रजनीकान्तको सुटिङ्गमाथि आपत्ति व्यक्त गर्दै उनलाई चाँडो पक्राउ गर्नुपर्ने माग पनि गरेका छन्।

बन्दीपुर नेशनल पार्क बाघ संरक्षण क्षेत्र हो। यही कारण अभियन्ताहरुले रजनीकान्तका लागि उक्त क्षेत्रमा सुटिङ्ग गर्नु गलत भएको भन्दै विरोध गरेका हुन्। उनीहरुले शोका छायांकन सदस्य उक्त नेशनल पार्कमा रहँदा त्यहाँका जनावरमाथि खतरा हुनसक्ने बताएका छन्। सुख्खा मौसमका कारण यो नेशनल पार्कमा आगो लाग्न सक्ने र त्यसलाई नियन्त्रणमा लिन असम्भव भएको उनीहरुको तर्क छ। एक अभियन्ताका अनुसार यो सुटिङ्ग सुख्खा मौसममा भन्दा बर्षातको समयमा गर्न सकिन्थ्यो।

रजनीकान्तलाई चोट

रजनीकान्तले भने यो विवादमा कुनै पनि टिप्पणी गरेका छैनन । यो शोको सुटिङ्गका क्रममा रजनीकान्त घाइते भएको समाचार आईरहेको छ। तर रजनीकान्तले यस्तो केही नभएको भन्दै सफाइ दिएका छन् । उनले सामान्य चोट लागेकाले यसलाई समाचार बनाउनुपर्ने नभएको बताएका छन्।

यही चोटका कारण सुटिङ्गमा कुनै समस्या नरहेको बताएका छन्। उनको खुट्टामा काँडा बिझेको थियो त्यसको तत्कालै उपचार गरिएको थियो ।

प्रकाशित : २०७६ माघ १६ गते १७:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI