गैडाको खाग सहित दुई पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १६ गते १७:४३
गैडाको खाग सहित दुई पक्राउ

काठमाडौं, माघ १६ गते । २५ लाखमा बेच्न ठिक्क पारेको गैंडाको खाग सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौमै दुर्लभ गैडाको खागको किनबेच भैरहेको सूचनाको आधारमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंको चाबहिल एरियामा लव खत्री समेतका ब्यक्तीले दुर्लभ बन्यजन्तु गैंडाको खाग समेतको अबैध रुपमा ओसारपसार गरी २५ लाखमा कारोबार गर्ने भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई जनालाइ पक्राउ गरेको हो ।

प्रहरीले काठमाण्डौंको चाबहिलमबाट काठमाडौकै लव खत्री र बाजुराका दिनेश थापालाई पक्राउ गर्दा गैडाको एक थान खाग पक्राउ गरेको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका दुबैजना र खागलाई डिभिजन वन कार्यालय हात्तिसार पठाइएको थापाले बताउनुभयो ।

प्रकाशित : २०७६ माघ १६ गते १७:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI