कावासोतीमा फुटसल प्रा.लि.को स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १६ गते २१:०६
कावासोतीमा फुटसल प्रा.लि.को स्थापना

कावासोती ८ शीतल चोकमा फुटसल प्रा.लि.को समुद्घाटन गरिएको छ । आज सरस्वती पूजाको अवसर पारेर नेपाल महिलासंघ नवलपुर शाखा सचिव तथा समाजसेवी सरस्वति तिमिल्सिनाले सो फुटसलको समुद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका बोल्दै तिमिल्सिनाले जिल्लाकै पहिलो फुटसल रहेको बताउदै सरकरात्मक अभियान तथा व्यवसाय प्रशनसनिय रहेको बताउनु भयो । त्यस्तै उहाँले फुटसल प्रति भौतिक एंव नैतिक तथा भावनात्मक रुपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । फुटसल कावासोति ८ का सुजन कुँवर र सन्दिप अर्यालले संयुक्त लगानीमा स्थापना गरेका हुन् । फुटसलको स्थापनाका लागी करीव ५० लाख खर्च भएको संस्थापक सुजन कुवरले बताउनु भयो ।

यस फुटसलमा फुटबल संगै टेवुलटेनिस,ट्रयाम्पोलीङ,व्याडमिन्टनको पनि व्यवस्था रहेको बताईएको छ । खेलकुदको माध्यमबाट स्वस्थ रहन जुन सुकै समयमा पनि उपयुक्त हुने गरी फुटसलको स्थापना गरिएको संस्थापक सन्दिप अर्यालले बताउनु भयो ।

संस्थाको संरक्षक भरतराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिलासंघ नवलपुर शाखा सचिव सरस्वति तिमिलसिना प्रमुख अतिथीका रुपमा उपस्थित रहनु भएको थियो भने कार्यक्रमको संञ्चालन सन्तोष सापकोटाले गर्नु भएको थियो ।

प्रकाशित : २०७६ माघ १६ गते २१:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI