मौसम विभाग पूर्वानुमान महाशााखाका अनुसार आज देशका पूर्वी, मध्य तथा पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भूभागमा आशिंक बदली रहनेछ।
त्यस्तै आज पूर्वी तथा पहाडी भू-भागका केही स्थानमा अपरान्ह हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै राती पहाडी भू-भागमा आंसिक बदली हुने छ भने अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने पनि महाशाखाले जनाएको छ।
महाशाखाले आगाी २४ घण्टा तराईका केही स्थानमा हुस्सु तथा कुहिरोको कारण घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्न सावधानी अपनाउन समेत अनुरोध गरेको छ। त्यस्तै शनिबार पनि पहाडी भू-भागमा हल्का वर्षा हुनेछ भने हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।
आइतबार पूर्वी तथा मध्य पहाडी भू-भागमा आंसिक बदली हुने तथा बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
प्रकाशित : २०७६ माघ १७ गते १०:०४
No ads found for this position
Facebook Comment