No ads found for this position

कोरोना भाइरस संक्रमणको त्रास, विश्व स्वास्थ्य संगठनद्धारा आपतकाल घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १७ गते १०:११
No ads found for this position
कोरोना भाइरस संक्रमणको त्रास, विश्व स्वास्थ्य संगठनद्धारा आपतकाल घोषणा
No ads found for this position

चीनबाट सुरु भएको कोरोना भाइरसले विश्वभरीका जनमानसमा त्रास फैलाइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकाल घोषणा गरेको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्रोहनोमले आपतकाल लगाउनुको कारण चीनमा कोरोना भाइरस संक्रमण फैलिएकोले नभई अन्य देशमा फैलिरहेको कारणले रहेको बताएको बीबीसीले जनाएको छ।

प्रमुख एड्रोहनोमले जुन देशको स्वास्थ्य प्रणाली कमजोर छ त्यो देशमा फैलन सक्ने चिन्ता बढेको समेत बताएका छन्।
डब्लुएचओकाअनुसार चीनमा १७० जनाको मृत्यु भइसकेको र विश्वका १८ देशमा कोरोना भाइरस संक्रमण भएका ९८ जनाको पहिचान भइसकेको छ।

प्रकाशित : २०७६ माघ १७ गते १०:११
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI