No ads found for this position

टिपरले ठक्कर दिँदा महिलाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १७ गते १०:१९
No ads found for this position
टिपरले ठक्कर दिँदा महिलाको मृत्यु
No ads found for this position

गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ। स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो।

गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनापछि आक्रोशित समूहले ठक्कर दिने सो टिपरमा आगजनी गरेका छन्। क्रसर उद्योगका अन्य चार-पाँच वटा टिपरमा तोडफोड पनि गरेका छन्।

उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन्। उक्त क्रसर उद्योग अवैध भएको दाबी स्थानीयको छ। गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० स्थापना गरेर सञ्चालन गरिएकाले सो क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ।

स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ।

प्रकाशित : २०७६ माघ १७ गते १०:१९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI