गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो।
गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले उनलाई बिहीबार निलम्बन गरिएको जनाएको छ।
साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ। यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन्।
उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन्।
राणाले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन्।
प्रकाशित : २०७६ माघ १७ गते १३:१९
No ads found for this position
Facebook Comment