No ads found for this position

सिन्धुलीमा जिप दुर्घटना, एकको मृत्यु एक जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १७ गते १३:४७
No ads found for this position
सिन्धुलीमा जिप दुर्घटना, एकको मृत्यु एक जना घाइते
No ads found for this position

वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन्।

पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ माघ १७ गते १३:४७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI