कावासोती नगरपालिकाले मध्यवर्ती बहुमुखी क्याम्पस गोछडाको चार कोठे भवन निर्माण गरिदिने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १७ गते १८:५१
कावासोती नगरपालिकाले मध्यवर्ती बहुमुखी क्याम्पस गोछडाको चार कोठे भवन निर्माण गरिदिने


बिष्णु गौडेल , कावासोती,
मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा जारी धनधान्याञ्चल ज्ञान महा यज्ञको सातौ दिन सम्म ४ करोड वरावरको नगद संकलन भएको छ । गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि गत शनिवार देखि सुरु भएको धनधान्याञ्चल ज्ञान महायज्ञको सातौ दिन सम्म ४ करोड वरावरको रकम संकलन भएको धनधान्याञ्चल मुल आयोजक समितीका संयोजक पुष्परत्न महत्तोले जानकारी दिनु भयो । त्यसैगरी कावासोती नगरपालिकाले सुविधा सम्पन्न ४ कोठे भवन निर्माण गरिदिने भएको छ । धनधान्याञ्चलको सातौ दिन प्रमुख अतिथीको रुपमा मन्तव्य राख्दै कावासोती नगरपालिका प्रमुख चन्द्राकुमारी पुनले मध्यवर्ति वाहुमुखि क्यापसको ४ कोठे भवन नगरपालिकाले निर्माण गरिदिने घोषणा गर्नु भएको हो । त्यसैगरी शुक्रवार नैै अमलटारी मध्यवर्ति उपभोक्ता समिती कावसोती १५ ले मध्यवर्ति वहुमुखि क्यापसका लागि १५ लाख ५ हजार नगद प्रदान गरेको छ । त्यैगरी वेद प्रसाद थनेत कावासोती १४ वाट १ लाख ३४ हजार ३ सय ३३, सागर गैह्रे कावसाोती १७ वाट २५ हजार ५ सय ५ , वोदराज गैह्रे कावसाोती १७ गोछडा वाट २५ हजार ५ सय ५ , इत वाहादुर महत्तो मध्यविन्दु ३ लेडाहा वाट २० हजार ५ सय प्रदान गर्नु भएको छ ।


यस अघि कावासोती १७ निवासी भिमकुमारी महत्तोको परीवारले ४२ लाख ५ हजार ५ सय ५५ प्रदान गर्नु भएको थियो । त्यसैगरी कावासोती नगरपालिका १७ गोछडा निवासी रेवनाथ ढुंगाना र सीता ढुंगानाले २५ लाख ११ हजार १ सय ११ , मध्यविन्दु नगरपालिका ३ निवासी धन वहादुर कुमालको परिवारले २५ लाख ३४ हजार १ सय , कावासोती १७ गोछडाका नन्दकिशोर आचार्यले नगद ३ लाख ५१ हजार १ सय ११ रुपया प्रदान गर्नु भएको छ ।
धनधान्याञ्चलको सातौ दिन सम्म आइपुग्दा दानदिने दाताको संख्या उल्लेख्य वृद्धि भएको वताइएको छ । धनधान्याञ्चलमा दैनिक यज्ञ,ग्रह शान्ति, तुलादान, व्रतवन्ध लगाएतका कार्यहरु समेत भइरहेका छन् । विहान ६ वजे देखि राति ११ वजे सम्म विभिन्न धार्मिक कार्यहरुका साथ विभिध धार्मिक प्रहशन समेत हुने गरेका छन् । सरस्वती माध्यमिक विधालय गोछडाको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने लक्ष राखेर धनधान्याञ्चल आयोजना गरिएको हो । प्रखर भागवत वाचक एवं विद्धान पण्डित नेत्र प्रसाद पराजुलीको मुखारविन्दवाट प्रवचन भइरहेको महायज्ञ आगामि १९ गते सम्मे सञ्चालन हुने छ ।

प्रकाशित : २०७६ माघ १७ गते १८:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI