धार्मिक एवं पर्यटकीय दृष्टिकोणले प्रख्यात लोहासेधारा मन्दिरको अवस्था जिर्ण बन्दै

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १७ गते २०:१४
धार्मिक एवं पर्यटकीय दृष्टिकोणले प्रख्यात लोहासेधारा  मन्दिरको अवस्था जिर्ण बन्दै

बजेटको अभावले मन्दिर व्यवस्थापनमा समस्या भएको गुनासो

सुवास खत्री/चोरमारा
धार्मिक पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले अत्यन्तै प्रख्यात नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका-८ मा रहेको लोहासेधारा मन्दिरको अवस्था जिर्ण बन्दै गएको छ । प्राचिन कालदेखि धार्मिक महत्व बोकेको यस मन्दिर दिनप्रतिदिन जिर्ण अवस्थामा पुग्दा मन्दिरको अस्तित्व नै धरापमा पर्ने चिन्ता स्थानियबासीहरुको रहेको छ । यस मन्दिरमा विशेषगरी सन्तान नभएकाहरुले सन्तानको वर मागे लोहासेधारा बाबाले सन्तान दिनुहुन्छ भन्ने धार्मिक मान्यता रहेकोले मन्दिरको महत्व झन बढदै गइरहेको छ । सोहि मान्यता अनुसार धेरै टाढा टाढाबाट श्रद्धाजलु भक्तजनहरुले यहा आएर सन्तानको वर माग्ने गर्दछन । यहाँ आएर माग्नेको वर पुरा भएको जनविश्वास रहेको छ ।

बाह्रै महिना अटुट कलकल स्वच्छ पिउने आईरहने , जतिसुकै गर्मीमा पनि शितल भईरहने, १०८ पिपल , १०८ शिवलिंग, १०८ गौधारा, विवाह व्रतवन्धको व्यवस्था , यस मन्दिरका मुख्य विशेषताहरुले गर्दा नै यहाँ नवलपुर ,रुपन्देहि , चितवन लगायतका बिभिन्न जिल्लाहरुबट मानिसहरु मनोकांक्षा बोकेर पुजा गर्न र घुम्न आउने गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ । कुनै समयमा अव्यवस्थित रहेको यस मन्दिरमा स्थानियहरुको सक्रियतामा नै सम्पुर्ण भौतिक संरचनाहरु निर्माण गरिएको थियो । तर पछिल्लो समय भने मन्दिर मुल प्रवेशद्धारदेखि लिएर मन्दिरका पर्खाल, भुई , पिकनिक सभाहल , मुर्तिहरु, चर्पी सबै जीर्ण बन्दै गइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गुप्तबहादुर केसीले बताउनुभयो । मन्दिर व्यस्थापनका लागि नगरपालिकाबाट वार्षिक ३ लाख मात्रै बजेट विनियोजन हुदै आईरहेको छ उक्त रकमले कति काम गर्ने हो भन्दै केसीले भन्नुु भयो — “यस्ले यहा आउने श्रद्धालु भक्तजनहरुसंगै आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या वृद्धि गर्ने लक्ष्य लिईरहदा मन्दिरको जीर्ण अवस्था बाट झन घट्ने होकि भन्ने चिन्ता भइरहेको छ ” ।


यता मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले लोहासेधारा मन्दिरको व्यवस्थापन गरी पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्नको लागि डिपिआर तयार पारी प्रदेशमा पेश गरिसकेको बताउनुभयो । आन्तरिक र बाह्य पर्यटनका साथैहरु आउने वातावरण सृजना गर्नको लागि नगरपालिका लागीपर्ने बताउनुभएको छ ।
पर्यटन वर्ष २०२० को पर्यटकिय गन्तव्य स्थलहरुमध्ये नवलपुर जिल्लामा ल्होसेधारा मन्दिर पनि गनिएको छ । बढिभन्दा बढि पर्यटक भित्राउने वातावरण सृजना गर्नको लागि, मन्दिरका पुर्वाधार निर्माण तथा मन्दिर व्यवस्थापनको लागि स्थानीय सरकारको वार्षिक रु ३ लाख पर्याप्त होला त रु तर मन्दिर व्यवस्थापनको लागि नगरप्रमुख संगै सबै सरोकारवाला, स्थानिय एवं संघसंस्थाको साथ सहयोगबाट पर्याप्त बजेट जोहो गरी मन्दिरमा पुर्वाधार मर्मत गरी आकर्षण बढाउन सकिने मन्दिर समितिको भनाई रहेको छ

प्रकाशित : २०७६ माघ १७ गते २०:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI