समता शिक्षा निकेतन कावासोतीको ११ औं वार्षिकोत्सब समारोह सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १७ गते २०:५५
समता शिक्षा निकेतन कावासोतीको ११ औं वार्षिकोत्सब समारोह  सम्पन्न

कावासोती-मासिक एक सय रुपिया शुल्कमा पढाइ हुने पुर्वी नवलपरासीको कावासोतीमा रहेको समता शिक्षा निकेतनले ११ औं वार्षिकोत्सब तथा अभिभावकले दिवस समारोह आज सम्पन्न गरेको छ । कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाको प्रमुख आतिथ्यता विविध सांस्कृतिक कार्यक्रम सहित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मर्दनियाले अन्तराष्ट्रिय स्तरमै नाम कमाउन सफल समता शिक्षा निकेतनले नवलुर जिल्लाका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरि ठुलो योगदान पुर्याएको चर्चा गर्दै मासिक १ सय रुपियामा पढाई हुने विधालयका विद्यार्थी राष्ट्रिय नजितामानै उत्कृष्ट स्थानमा आएको र विद्यालयको लागि आवश्यक समन्वय र सहकार्यका लागि कावासोती नगरपालिका सधै साथमा रहेको प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा समता शिक्षा निकेतनका संस्थापक उत्तम संजेल , कावासोती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल ,कुमारवर्ति बहुुमुखि क्यापसका प्रमुख गुरुप्रसाद सुवेदी , नेपाल महिला संघ जिल्ला सचिव सरस्वति तिमिलसीना लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेशकुमार भुर्तेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विधालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित : २०७६ माघ १७ गते २०:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI