“दमेक माथी गाजा” चिनारीको रुपमा बजारमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १७ गते २१:३१
“दमेक माथी गाजा” चिनारीको रुपमा बजारमा

सुरज पौडेल,चितवन

नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बाग्लुङ्ग र त्यही जिल्लाको रमणीय र सुन्दर स्थान दमेक को चिनारी झल्कने नेपाली पञ्चेबाजा बजारमा आएको छ । दमेकको माटोले जन्माएको सर्जक तथा कलाकार प्रेम सापकोटा सोनुको लय तथा सब्द सिर्जना र जुना श्रीष तथा प्रेम सापकोटा सोनुको आवाजमा “दमेक माथी गाजा” बोलको पञ्चेबाजा गित बजारमा आएको हो ।

पछिल्लो समय प्रबासमा रहेर सांङ्गितिक क्षेत्रमा सकृय प्रेमले हामी सङ कुरा गर्दै भने “आफ्नो जन्मभुमीको चिनारीका लागी , यँहाको प्रचारप्रसार होस भनेर गित सृजना गरेको हु । यो मेरो सम्पत्ती नभएर साझा दमेक वासिको सम्पत्ति हो” ।

ओझेलमा परेको दमेकको गौरब गाजा दह , सिराबारी चौर , कमलजैसी मन्दिर लगाएतका स्थान र परिबेश समेटेर बनाईएको गितमा त्यहाका बिभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।

स्मृति तिमल्सीना को निर्देशनमा तयार भएको गितमा प्रेम सापकोटा र ललिता छन्त्यालको अभिनय रहेको छ ।आरति मिडियाको प्रस्तुतिमा रहेको भिडियो प्रेम सापकोटा सोनुको युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

प्रकाशित : २०७६ माघ १७ गते २१:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI