नेपाल राष्ट्र बैंकले सामाजिक संजाल फेसबुक, ट्विटर, युट्युव लगायतका सामाजिक संजाल तथा इन्टरनेटमार्फत् विज्ञापन गरेमा मुद्रा अपचलनको मुद्दा लगाउने भन्दै सूचना जारी गरेको छ ।
बैंकले सामाजिक संजाल र अनलाइनमार्फत् गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानुनी हुने समेत बताएको छ ।
‘यस्तो कारोबार गरेको पाइएमा विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रद्धारा शुक्रबार जारी सूचनामा भनिएको छ ।
प्रकाशित : २०७६ माघ १८ गते ७:३६
No ads found for this position
Facebook Comment