गैँडाकाेटमा म्याजीकको ठक्करबाट एकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १८ गते ९:०२
गैँडाकाेटमा म्याजीकको ठक्करबाट एकको मृत्यु

प्रकाश भण्डारी। माघ १८ गैँडाकोट

नवलपरासीकाे गैँडाकाेट ११ भेडावारीमा गएराति पश्चिमबाट पूर्व तर्फ जाँदै गरकाे ना ३ च १४४२ म्याजिक भ्यानकाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ।

भ्यानले करिब बेलुकी ८:०० बजेको समयमा पैदल यात्री गैँडाकाेट १३ बस्ने ४० बर्षीय रामजी ओझालाई ठक्कर दिएकाे हाे।

ठक्करबाट गम्भीर घाईते ओझाकाे उपचारकाे लागि पुरानाे मेडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएकाे हो। ठक्कर दिने म्याजीक तथा चालक चितवन जिल्ला भरतपुर महानगरपालिका १७ स्थायी घर भएका अनिष गैरेलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय गैँडाकाेटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले नवलपुर टाईम्सलाई बताउनुभयो।

प्रकाशित : २०७६ माघ १८ गते ९:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI