No ads found for this position

बोर्ड अध्यक्ष बन्लान् त राजेश हमाल ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १८ गते ९:१७
No ads found for this position
बोर्ड अध्यक्ष बन्लान् त राजेश हमाल ?
No ads found for this position

काठमाडौं । नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद एक महिनायता रिक्त रहेको छ । गत मंसिर २९ गते बहालवाला अध्यक्ष केशव भट्टराईको असामयिक निधनपछि उक्त पद खाली भएको हो ।

रिक्त बोर्ड अध्यक्ष पद हत्याउन यतिबेला हिट, फ्लप, नयाँ पुराना सबै किसिमका फिल्मकर्मी शक्ति केन्द्र धाइरहेका छन् । यो भिडमा अभिनेता राजेश हमालको नाम पनि चर्चामा छ ।

तर अभिनेता हमालको कथा भने अन्य फिल्मकर्मीको भन्दा फरक छ । अन्य फिल्मकर्मी अध्यक्ष बन्नका लागि शक्ति केन्द्र धाइरहेका छन् भने हमाललाई अध्यक्ष बनाउन भने प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएको  समाचार मिडियामा आएका छन् ।

स्रोतको कुरा पत्याउने हो, भने राजेशलाई अहिले बोर्डमा जाने मन छैन । तर नजिकका साथीहरुले भने बोर्ड अध्यक्ष बन्न सुझाएका छन् ।

विकास बोर्ड अध्यक्षमा आफ्नो चासो रहेको वा नरहेको भन्ने विषयमा अभिनेता हमालले अहिलेस्म्म आधिकारिक धारणा सार्वजनिक गरेको अवस्था छैन ।

चारैतिर मिडियामा बोर्ड अध्यक्षको रुपमा नाम चर्चा हुँदापनि चुप बसेका हमालको मौनतालाई केही फिल्मकर्मीले उनमा बोर्ड अध्यक्ष हुने आकाँक्षा देखिएको रुपमा चर्चा गरेका छन्, भने केहीले आकाँक्षा नभएर उनी चुप बसेको अनुमान गरेका छन् । 

राजेश बोर्ड अध्यक्षका आकांक्षी हुन् वा होइनन् । अहिले यसै भन्न सकिने अवस्था छैन । त्यसका लागि उनको आधिकारिक धारणा कुर्नुको विकल्प छैन ।

प्रकाशित : २०७६ माघ १८ गते ९:१७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI