No ads found for this position

सावधान ! कोरोना भाइरसबारे इन्टरनेटमा सर्च गर्दै हुनुहुन्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १८ गते १६:२२
No ads found for this position
सावधान ! कोरोना भाइरसबारे इन्टरनेटमा सर्च गर्दै हुनुहुन्छ ?
No ads found for this position

एजेन्सी-

कोरोना भाइरस यतिबेला विश्वमै चिन्ताको विषय बनेको छ । चीनबाट फैलिएको यो भाइरसकै कारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटको घोषणा गरिसकेको छ । कयौँ मुलुकमा यो भाइरसको संक्रमण देखा परेको छ । नयाँ खालको संक्रमण भएकाले पनि धेरैले यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे इन्टरनेटमा खोजी गर्न थालेका छन् ।

इन्टरनेट प्रयोगकर्ताको यही चासोलाई केही ह्याकरहरुले ठूलो अवसरका रुपमा लिन थालेका छन् । साइबर क्रिमिनल्सहरुले कोरोना भाइरसबाट बच्ने तरिका, संक्रमण लागेका व्यक्तिहरुमा देखिने लक्षणजस्ता आकर्षक शीर्षक राखेर विभिन्न प्रकारका सामग्री इन्टरनेटमा राखेका छन् । साइबर सेक्युरिटी फर्म ‘कास्परेस्की’ का अनुसन्धानकर्ताहरुले कोरोना भाइरससँग सम्बन्धित जानकारी र सुरक्षा टिप्सका नाममा साइबर अपराधीहरुले खतरनाक फाइलहरु इन्टरनेटमा राखेको जनाएका हुन् । इन्टरनेट प्रयोगकर्ताले कोरोना भाइरससम्बन्धी सामग्री खोजी गर्दा ती खतरनाक सामग्रीसम्म पुग्ने र ती सामग्रीमा रहेका पिडिएफ फाइल, एमपी–फोर र डक्स फाइलमा रहेका ‘मेलिसियस’ फाइल कम्प्युटर तथा मोबाइलमा प्रवेश गरी पर्सनल डाटा चोरी गर्न वा क्षति गर्न सक्ने कास्परेस्कीका अनुसन्धानकर्ताको दावी छ । कोरोना भाइरससम्बन्धी इन्टरनेटमा राखिएका केही सामग्रीमा उक्त भाइरसबाट बच्ने उपाय भन्दै भिडियो निर्देशसमेत गरिएको, कोरोना भाइरससम्बन्धी पछिल्लो अपडेट र त्यसबाट बच्ने तरिका भन्दै विभिन्न सामग्री राखिएको कास्परेस्कीका मालवेयर विश्लेषक एनटन इभानोभले बताए । ‘हामीले कम्तीमा १० वटा त्यस्तो फाइल फेला पारेका छौँ जसमा निकै खतरनाक ट्रोजन भाइरस थिए,’ उनले भने, ‘ती भाइरसका माध्यमबाट इन्टरनेट प्रयोगकर्ताको डाटामा नोक्सान पुग्ने, ब्लक गर्ने, मोडिफाइ या कपी गर्नेदेखि लिएर कम्प्युटर नेटवर्क र अपरेशनमै परिवर्तन ल्याउन सक्ने क्षमता देखिएको छ ।’

कास्परेस्कीले इन्टरनेट प्रयोगकर्तालाई त्यस्ता संदिग्ध फाइलमा पुग्नबाट बच्न सचेत गराएको छ । कुनै अपरिचित वा समवेदनशील लिङ्कमा ‘क्लिक’ नगर्न पनि उसले सुझाव दिएको छ ।विश्वभर कोरोनाको लक्षण र यसबाट बच्ने तरिका जान्नका लागि गुगलको सहयोग लिनेको संख्या बढ्दो छ । यही मौकालाई साइबर अपराधीहरुले खतरनाक भाइरसका माध्यमबाट कम्प्युटर तथा मोबाइलका डाटा चोर्ने अवसरका रुपमा प्रयोग गर्न सक्ने भन्दै गुगलले हालै एसओएस अलर्ट फिचर नै लञ्च गरेको छ । यसका माध्यमबाट कोरोना भाइरसका बारेमा खोजी गर्दा प्रयोगकर्ताहरु सोझै विश्व स्वास्थ्य संगठन र आधिकारिक स्रोतबाट दिइएको जानकारीसम्म पुग्न सक्छन् ।

प्रकाशित : २०७६ माघ १८ गते १६:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI