No ads found for this position

टेम्पल टाईगर गल्फको उपाधी पुर्व प्रधानसेनापती राणालाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १८ गते १७:३८
No ads found for this position
टेम्पल टाईगर गल्फको उपाधी पुर्व प्रधानसेनापती राणालाई
No ads found for this position

नवलपुर : टेम्पल टाईगर होटलको आयोजनामा भएको टेम्पल टाईगर गल्फ टुर्नामेण्टको उपाधि पुर्व प्रधानसेनापती गौरव शमसेर जंगबहादुर राणाले जितेका छन् ।नवलपुरको सिजि गल्फ रिट्रिटमा शनिवार सम्पन्न खेलमा राणाले ३९ अंक प्राप्त गर्दे उपाधि जितेका हुन् । राणालाई टेम्पल टाईगरका अध्यक्ष बसन्त मिश्रले एक समारोहका बिच ट्रफी र मेडल प्रदान गरे ।

यसैगरि सो प्रतियोगितामा ब्रिगेडिएर जनरल सुर्दशन सिलवाल उपबिजेता भएका छन् । उनले ३८ अंक प्राप्त गरे । प्रतियोगितामा महिला तर्फ गिता गुरुङ्ग प्रथम भईन् भने डाक्टर रिता थापा दितिय भईन् । गुरुङ्गले ४१ अंक प्राप्त गर्दा थापाले ३८ अंक प्राप्त गरेकी थिईन् । प्रतियोगितामा ग्रस विनरमा हरि थापा , सिनियर विनरमा रविन्द्रराज पाण्डे, बेस्ट ड्रेस तर्फ पवित्रा याकथुम्वा , मस्ट बर्डिजमा प्रदिप कुमार श्रेष्ठ ,लङ्गेस्ट ड्राईभमा संयग शाहि ,र क्लोजेट टु द पिनमा सुरिध घिमिरेले ट्रफी प्रौप्त गरेका छन् । प्रतियोगितामा कुल ३७ जना खेलाडी सहभागी भएका थिए ।

प्रकाशित : २०७६ माघ १८ गते १७:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI