नवलपुरमा फेरि अर्को गैडा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १८ गते १७:५७
नवलपुरमा फेरि अर्को गैडा मृत फेला

नवलपुर -नवलपुरको मध्यविन्दु नगरपालिकामा शनिबार एउटा भाले गौँडा मृत फेला परेको छ । मध्यविन्दु नगरपालिका वडा नं २  सेहेरीमा शनिबार दिउँसो गैडा मृत अवस्थामा भेटिएको हो ।  स्थानीयका अनुसार स्थानीयले गैडा मृत अवस्थामा भेटे पछि प्रहरीलाई खबर गरेका थिए । मृत गैडाको खाग र खुर निकुञ्जका प्राविधिक टोलीले सुरक्षित लगेको छ। गैडाको मृत्युको कारण पत्ता नलागे पनि उक्त गैडा केही समय अगाडिदेखि विरामी भएको घटना स्थलमा खटिएका निकुञ्जका प्राविधिक टोलीले बताएका छन् । कावासोतीको मगरकोटमा पनि यस अघि एउटा गैडा मृत अवस्थामा फेला परेको थियो । त्यसैगरी चितवनमा दुई वटा गैडा मंगलबार मृत अवस्थामा फेला परेको थियो ।  पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा गैडा मर्ने क्रम बढेको छ।

प्रकाशित : २०७६ माघ १८ गते १७:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI